दफा १३
दर्ता भएको खोप आपूर्ति गर्नु पर्ने
: (१) खोप आपूर्ति गर्ने संस्थाले औषधि व्यवस्था विभागमा दर्ता भएको खोप मात्र आपूर्ति गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आपूर्ति गरिने खोप असल उत्पादन प्रक्रिया अपनाई उत्पादन भएको र विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त रहेको भनी प्रमाणित भएको हुनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त रहेको भनी प्रमाणित भई नसकेको खोप आपूर्ति गर्न सकिनेछ :
(क) असल उत्पादन प्रक्रिया अपनाई उत्पादन भएको,
(ख) उत्पादन भएको मुलुक वा अन्य देशमा प्रयोग भइसकेको,
(ग) उत्पादन गर्ने देशको नियमनकारी निकायमा दर्ता भएको, र
(घ) खण्ड (क), (ख) र (ग) बमोजिमको व्यहोरा औषधि व्यवस्था विभागले प्रमाणित गरेको ।